• मंगलबार, साउन १२ २०८३

नेपालमा कोरोनाबाट थप एकको मृत्यु


शुक्रबार, भाद्र १२ २०७७
685
Shares

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भदौ ७ गते अस्पतालमा भर्ना भएका तिलोत्तमा नगरपालिका वडानम्बर ४ का ६० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

उच्च रक्तचापको समेत समस्या रहेका उनको भेन्टिलेटरमा उपचार भइरहेकोमा बिहीबार राति साढे २ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

यससँगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ८ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार