काठमाण्डौ – कोरोना भाइरसका कारण भारतमा शुक्रबार ७७ हजार दुई सय ६६ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।
शुक्रबार एकैदिन एक हजार ५७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ३० लाख ३९ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तर वर्ल्डोमिटरले भने भारतमा अहिलेसम्म ३३ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको जनाएको छ ।
यस्तै भारतमा शुक्रबार एकैदिन एक हजार ५७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म ६१ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ ।
भारतमा सङ्क्रमितमध्ये २५ लाख ८५ हजारभन्दा धेरै निको भएर घर2 फर्किएकोमा अझै सात लाख ४५ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।