• मंगलबार, साउन १२ २०८३

एनबी बैंकले सरकारलाई दियो ५ हजार थान रेमडेसिभिर


शुक्रबार, भाद्र १२ २०७७
745
Shares

काठमाडौँ — एनबी बैंकले नेपाल सरकारलाई कोरोना भाइरसको उपचारमा प्रयोग गरिने औषधी ५ हजार थान रेमडेसिभिर सहयोग गरेको छ ।

कोभिड–१९ को उपचारमा प्रयोग हुने यो औषधि बैंकले २ करोड २५ लाख रुपैयाँबराबरको सहयोग गरेको हो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको संयुक्त लगानी रहेको आईएफआईसी बैंक, बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल र बंगलादेशको संयुक्त पहलमा ती औषधि सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंकले बंगलादेशको ढाकास्थित नेपाली राजदूत डा. वंशीधर मिश्रलाई बिहीबार उक्त औषधि हस्तान्तरण गरेको हो । उक्त औषधि एक/दुई दिनभित्र नेपाल आइसक्ने बैंकले जनाएको छ ।

बैंकले यसअघि पनि सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ४५ लाख रुपैयाँ प्रदान गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार