• शुक्रबार, भाद्र ५ २०८३

बारेले लिए फुटबलबाट संन्यास


शुक्रबार, भाद्र १२ २०७७
670
Shares


इङ्लिस प्रिमियर लिग (इपिएल) मा सर्वाधिक ६ सय ५३ पटक खेलेर कीर्तिमान बनाएका इङ्ल्यान्डका मिडफिल्डर ग्यारेथ बारेले बिहीबार फुटबलबाट संन्यास घोषणा गरेका छन्।

इङ्ल्यान्डका मिडफिल्डरसमेत रहेका ३९ वर्षीय बारे पछिल्लो समय प्रिमियर लिगको क्लब वेस्ट ब्रोमविच अल्बिओनमा खेलेका थिए। ६ खेल मात्र खेलेका उनको टोली वेस्ट ब्रुम पुनः नयाँ सिजनका लागि प्रिमियर लिगमा बढुवा भएको छ। टोली २०१८ मा रेलिगेसनमा परेको थियो।

‘प्रिमियर लिगमा कीर्तिमानी खेल खेलर संन्यासको घोषणा गरेका बारेलाई धेरै धेरै शुभकामना,’ प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले बिहीबार ट्विट गरेको छ। यस्तै इङ्ल्यान्डको आधिकारिक फुटबल संघले पनि बारेलाई शुभकामना दिएको छ।

बारेले पछिल्लो पटक २०१२ मा देशको जर्सी पहिरिएका थिए। प्रिमियर लिगअन्तर्गत २०१८ को सिजनमा वेस्ट ब्रुम रेलिगेसनमा जाँदा बारेले त्यसको अनुभव बटुलेका छन्। २३ वर्ष फुटबल करियरमा बिताएका बारेले समग्रमा ८ सय ३३ खेल खेल्दा ६७ गोल पूरा गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार