काठमाडौं । निषेधाज्ञाका कारण ब्रोइलर कुखुराको मासुको मूल्य गुन्द्रुकभन्दा सस्तो भएको छ । तयारी ब्रोइलर कुखुराको मासुको प्रतिकिलो मूल्य कालिमाटी तरकारी बजारले तोकेको गुन्द्रुकको भन्दा पनि सस्तो भएको हो ।
काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु बिहीबारसम्म प्रतिकिलो २५५ रुपैयाँमा बिक्री भएको छ जबकी गुन्द्रुकको प्रतिकिलो मूल्य कालिमाटीमा २९५ रुपैयाँ तोकिएको छ ।
सातामा तीन पटकसम्म मूल्य घटेपनि मासुको बिक्री नबढेपछि किसानहरु चिन्तित भएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । निरन्तर मुल्यमा गिरावट आएपछि कुखुरा ब्यबसायी चिन्तित बनेका छन् ।