• मंगलबार, साउन १२ २०८३

खुल्यो रसुवागढी नाका


शुक्रबार, भाद्र १२ २०७७
785
Shares

रसुवा – रसुवागढी नाका करिब २ हप्ता पछि खुलेको छ । चीनतर्फ गएको पहिरोको कारण गएको साउन ३२ गतेदेखि आयात निर्यात रोकिएको नाका १३ दिनपछि खुलेको हो ।

चीनको केरुङभन्दा वर पर्ने ठोङ्सामुनिको घुम्तीनेर गएको पहिरो पन्छाएसँगै शुक्र्रबारदेखि नियमित कारोबार सुरु भएको हो । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, विद्युतीय सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ ।

यस्तै नेपालबाट बाँसको मुढा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार