• शुक्रबार, भाद्र ५ २०८३

पोखरामा थप एक जना संक्रमित पुरुषको मृत्यु


शुक्रबार, भाद्र १२ २०७७
885
Shares


पोखरामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराउन पुगेका पोखरा महानगरपालिका–१६ का ५२ वर्षिय पुरुषको शुक्रबार मध्यान्ह मृत्यु भएको हो।

ती पुरुषमा कोरोना संक्रमणको पुष्टि शुक्रबार बिहान भएको थियो। अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार अस्पतालको कोभिड–१९ उपचारकेन्द्रमा स्वासप्रश्वासको समस्या लिएर उनी शुक्रबार नै अस्पताल पुगेका थिए।

आचार्यका अनुसार उनमा उच्च रक्तचाप, मधुमेह लगायतका रोग थिए। उपचारको क्रममा शुक्रबार मध्यान्ह सवा १२ बजे मृत्यु भएको आचार्यले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार