काठमाण्डौ क्रिस्टियानो रोनाल्डोले युईएफए च्याम्पियन्स लिग फ्यान्स गोल अफ द सिजन अवार्ड जितेका छन् ।
च्याम्पियन्स लिगको गोल अफ दि सिजनमा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको हो । भोटका आधारमा रोनाल्डोलाई अवार्डको घोषणा गरिएको हो । उनले सबैभन्दा धेरै मत पाएर उक्त अवार्ड जितेका हुन ।
च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगमा रोनाल्डोले गरेको गोल उत्कृष्ट बनेको हो ।