काठमाण्डाै । जापानका प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्य समस्याको कारण पद छोड्ने भएका छन्
आबेले आफ्नो सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टीका पदाधिकारीहरूलाई राजीनामा गर्ने मनसाय राखेका थिए ।
एनएचके वर्ल्ड जापानका अनुसार आबेले शुक्रवार प्रधानमन्त्रीको कार्यालयमा सम्बोधन गर्ने तयारी गर्दैछन्।
लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित आवे विगत दुई सातामा दुई पटक अस्पताल गएका थिए । राजिनामा दिने भए संगै उनको स्वास्थ्य बिग्रिएको अनुमान गरिएको छ ।
आबेले सन् २००७ मा प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै स्वास्थ्यका कारण राजीनामा दिएका थिए ।
२०१२ मा तल्लो सभामा ठूलो चुनावि जीत पछि उनी शीर्ष पदमा फर्केका थिए । उनको पदावधि २०२१ को सेप्टेम्बरमा सकिने थियाे ।
यो सात बर्षको कार्यकालले उनलाई जापानमा इतिहासमै सबैभन्दा बढी समय प्रधानमन्त्री हुने पहिलो व्यक्ति बनायो ।