नेपालको अर्थिक अवस्था कमजोरीको कारणले कोरोना व्यवस्थापनामा समस्या देखिरहेको छ ।
संयुक्त अधिराज्य बेलायतले नेपालमा कोरोना भाइरसका कारण उत्पन्न समस्या समाधन गर्न करिब ७ अर्ब १५ करोड रूपैयाँ (४५.८ मिलियन पाउन्ड स्टर्लिङ) आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
अर्थमन्त्री डा.युवराज खतिवडा र बेलायतका विदेश तथा समाजकल्याण अफिसका राज्यमन्त्री लर्ड अहमदबीच द्विपक्षीय सहयोग र हितका विषयमा बिहीबार भिडिओ कन्फ्रेन्स भएको थियो।
उक्त छलफल क्रममा अहमदले नेपाललाई उक्त सहायता उपलब्ध गराउने घोषणा गरेका अर्थमन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
उक्त छलफलमा अहमदले नेपालको आर्थिक सुधार, लगानीको वातावरण, वैदेशिक लगानीको सीमा, जलवायु परिवर्तनको असर न्यूनीकरण, सगरमाथा संवाद र हरित विकास जस्ता विषयमा थप सहयोग गर्न बेलायत सरकार इच्छुक भएको बताएका थिए।