• आइतबार, साउन १० २०८३

सीमानामा खटिएका ४७ सशस्त्र प्रहरीलाई संक्रमण पुष्टि


शुक्रबार, भाद्र १२ २०७७
785
Shares

काठमाडौं । अहिले कोरोना संक्रमणको जोखिमको दर सुरक्षाकर्मीमा बढेको छ ।

बारा, पर्सा र रौतहटस्थित नेपाल–भारत सीमानामा खटिएका ४७ जना सशस्त्र प्रहरीको बुधवार स्वाब संकलन गरेर पिसिआर जाँच गर्दा संक्रमण देखिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका एक उच्च अधिकृतले जानकारी दिए ।

संक्रमित सशस्त्र प्रहरी काठमाडौंबाट थप मद्धतका लागी तराई गएका थिए । उनीहरुलाई बारास्थित गण नम्बर—४० (रिजर्भ गण) मार्फत परिचालन गरिएको थियो ।

संक्रमित सशस्त्र प्रहरीलाई अहिले पिलुवास्थित रिजर्भ गणमा तयार पारेको आईसोलेशनमा राखिएको छ । १५ दिनअघि क्वारेन्टाइनमा बसेका प्रहरीलाई काठमाडौं फिर्ता हुनुअघि जाँच गर्दा कोरोना पोजेटिभ देखिएको बताईएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार