चितवन। लकडाउनका बेलामा विद्यालयभित्र तास खेल्ने प्रधानाध्यापकसहित ११ जना पक्राउ परेका छन । कोरोना संक्रमणको जोखिम भएका बेलामा घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई बेवास्ता गर्दै चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
खैरहनी नगरपालिका वडा नं २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेकाहरु इलाका प्रहरी कार्यालयको हिरासतमा छन् ।