काठमाडौं । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । ट्विटरमार्फत शुक्रबार उनले आफूमा कोरोना संक्रमण भएको जानकारी गराएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपनि आफूमा कुनै लक्षण नदेखिएको चौधरीले जानकारी गराएका छन् ।
चाैधरिले आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा अउनेहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।