• मंगलबार, साउन १२ २०८३

पृथ्वी राजमार्ग पहिरोले अवरुद्ध


शुक्रबार, भाद्र १२ २०७७
795
Shares


तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

सडक भन्दा माथिको डाँडाबाट सुख्खा पहिरो खस्दा आज विहान १० बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो हटाएर राजमार्ग सुचारु गराउन डेढ घण्टा लाग्ने कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

“सुख्खा पहिरोले राजमार्गमा ठूला ठूला ढुङ्गा खसेका छन् । यसलाई हटाउने प्रयास भइरहेको छ,” उनले भने । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार