• मंगलबार, साउन १२ २०८३

नेपालमा कोरोनाबाट थप एक पुरुषको मृत्यु


शुक्रबार, भाद्र १२ २०७७
810
Shares

चितवन । कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।
भरतपुर–१० स्थित पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको शुक्रबार (आज) विहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

पुष्पाञ्जली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सन्दिप पाण्डेले भेन्टिलेटरमा उपचार गर्दागर्दै बिरामीको मृत्यु भएको बताए । ती पुरुष लामो समयदेखि दमका बिरामी रहेको अस्पतालले जनाएको छ ।

भदौ ५ गते श्वासप्रश्वासमा गम्भिर समस्या आएर अस्पताल भर्ना भएपछि ती पुरुषलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो भने भदौ ८ गते राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार