• मंगलबार, साउन १२ २०८३

निषेधाज्ञाभरी होम डेलिभरी सेवा नदिने


शुक्रबार, भाद्र १२ २०७७
775
Shares

काठमाडौं । निषेधाज्ञाभरी अत्यावश्यक बाहेकका सबै सेवामा रोक लगाएको छ ।

निषेधाज्ञा उल्लघंन गर्दै अनलाइनको माध्यमबाट प्रचार गरेर व्यवसाय जारी राखेको भन्दै पक्राउ परेका ८० जना डेलिभरीब्वाई तथा सञ्चालकलाई प्रहरीले निषेधाज्ञा अवधिभर सेवा बन्द गर्ने कागज गराएर छाडेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए ।

नियन्त्रणमा लिइएकाहरुमध्ये कति सञ्चालक थिए र कति डेलिभरीकर्ता थिए भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमणको जोखिम बढाएको भन्दै प्रहरीले बिहीबार दिउँसो आधा दर्जन सञ्चालकसहित ८० जना डेलीभरी तथा टेक अवे सेवाका कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले धरपकड गरेपछि होम डेलिभरी सेवा बन्द भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार