• बिहिबार, असोज १५ २०८३

शुक्रबार बिहानै कोरोनाबाट थप ४ जनाको मृत्यु


शुक्रबार, भाद्र १२ २०७७
785
Shares

कोरोना संक्रमणकोबाट मृत्यु हुनेको दर बढिरहेको छ । कोरोनाका कारण शुक्रबार बिहानै थप चार जनाको मृत्यु भएको छ। ज्यान गुमाउने तीन महिला र एक पुरुष छन्।

भक्तपुर, मकवानपुर, झापा र मोरङमा गरेर थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

भक्तपुरमा ६२ वर्षीया महिला, मकवानपुरकी ७१ वर्षीया महिला, मोरङकी ५६ वर्षीया महिला र झापाका ७३ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

आज मृत्यु भएका चारसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक सय ८८ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार