Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बिहान क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १७ जना नयाँ संक्रमित भेटिएका हुन्।
शुक्रबार बिहान कोरोना पुष्टि हुनेहरुमा नवलपरासी (सुस्तापूर्व)का ८ जना, तनहुँका ४, कास्कीका ३ र लमजुङका २ जना रहेका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले अनुसार नवलपरासी देबचुली–१५ का संक्रमित व्यक्ति खानेपानी सप्लाई गर्ने संस्थामा कार्यरत रहेका छन् भने लमजुङ मर्स्याङ्दी–४ का संक्रमित भारतबाट आएका हुन्। पोखरा महानगरपालिका–१७ का २ जना संक्रमित व्यक्ति पर्यटक प्रहरी हुन। अन्य संक्रमितहरु भने कन्ट्याक्ट ट्रेसिङबाट पत्तालागेका हुन्।
संक्रमित भएका सबै व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशक शर्माले जानकारी दिए।