• मंगलबार, साउन १२ २०८३

मेसी ल्याउन सिटीले ३ खेलाडीसहित ८९.५ मिलियन पाउण्ड खर्च गर्ने


शुक्रबार, भाद्र १२ २०७७
740
Shares

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब बार्सिलोनाका कप्तान लिओनल मेसीलाई अनुबन्ध गर्नका लागि तीन खेलाडी साट्ने र त्यसमा केही रकम थप्ने तयारी गरेको छ ।

सिटीले सात सय मिलियन युरो मूल्य राखिएको मेसीलाई ल्याउनका लागि टिमका मुख्य तीन खेलाडीलाई साट्न प्रस्ताव गर्ने भएको हो ।
सिटीले मेसीका लागि ८९।५ मिलियन पाउन्डसहित बर्नार्डो सिल्भा, गाब्रिएल जेसस र एरिक गार्सिया क्याम्पनोउ पठाउने प्रस्ताव अघि सारेको हो ।

मेसीले क्लबलाई पत्र पठाउँदै बार्सिलोना छाड्न चाहेको बताएपछि अहिले सिटीलगायतका केही क्लबहरुले उनलाई अनुबन्ध गर्न प्रयास गरिरहेका छन् ।

यदि मेसीले बार्सिलोना छाडेमा र सिटीको अफर स्वीकार गर्दै म्यानचेष्टर गएमा पूर्व प्रशिक्षक पेप ग्वार्डिओलासँग मेसीको पुनर्मिलन हुनेछ । यद्यपि बार्सिलोनाले त्यो अफरबारे के गर्नेछ भन्ने निर्णय भइसकेको छैन ।

बार्सिलोनाका अध्यक्ष बार्तामेउले मेसी क्लबमै बस्ने पक्का भए आफूले पदबाट राजीनामा दिनेसमेत बताइसकेका छन् । अब यस्तो अवस्थामा के निर्णय हुन्छ त्यो हेर्न बाँकी नै छ ।

सिटीसँगै फ्रेन्च क्लब पिएसजी र इटालियन क्लब इन्टर मिलानले पनि मेसीलाई अनुबन्ध गर्ने इच्छा देखाइरहेको छ । बार्सिलोनाले भने मेसी अझै क्लबमै रहने जनाउँदै आएको छ । क्याम्प नोउमा मेसीको सम्झौता अझै एक वर्ष बाँकी छ ।

१६ वर्षसम्म बार्सिलोनाको पहिलो टिममा खेलेका मेसीले क्लबका लागि ७३१ खेलमा ६३४ गोल गरेका छन् । साथै २८५ असिस्ट गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार