• शुक्रबार, भाद्र ५ २०८३

लागुऔषधसहित एक युवा पक्राउ


शुक्रबार, भाद्र १२ २०७७
890
Shares

लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।


लागुऔषध प्रयोग, बिक्री तथा ओसारपसार गरेको आरोपमा इलाका प्रहरी कार्यालयको टोलीले धरान—१३ का २० वर्षीय विजय शेर्पालाई बिहीबार अपराह्न घरैबाट पक्राउ गरेको हो।

उनको कोठाबाट प्रहरीले तीन ग्राम ३०० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

शेर्पालाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको छ। उनी लागुऔषध बिक्री वितरणमा संलग्न रहेको प्रहरीको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार