• मंगलबार, साउन १२ २०८३

नेपालमा कोरोनाबाट थप एकको मृत्यु


शुक्रबार, भाद्र १२ २०७७
755
Shares

नेपालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको छ ।

सिरहाको सुखीपुर नगरपालिका ८ का ६५ वर्षीय पुरुषको बिहीबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

ज्वरो र रुघाखोकी लागेर उपचारका लागि गत भदौ ६ गते धरान पुगेका उनको सोही दिन स्वाब संकलन गरि स्वाबको रिपोर्ट भदौ ८ गते पोजेटिभ आएको थियो ।

रिपोर्ट आएको तीन दिनपछि उनको बिहीबार राति ७ बजेतिर धरानमै उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । अवस्था गम्भीर भएका ती पुरुषलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार