• मंगलबार, साउन १२ २०८३

अनलाइन सपिङ गर्दै हुनुहुन्छ ? प्रहरीकाे फन्दामा पर्नु हाेला


शुक्रबार, भाद्र १२ २०७७
1K
Shares

निषेधाज्ञाकाको समयमा होम डेलिभरी सेवा दिइरहेका ८० जना पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरले बिहीबार राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।

निषेधाज्ञा जारी भएसँगै सरकारले यी सेवा पनि बन्द गरेकाले उनीहरुलाई नियनत्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सबैभन्दा धेरै फुडमाण्डुका छन्। फुडमाण्डुका मात्रै २९ मोटरसाइकलसहित २९ जना पक्राउ परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

यस्तै फुडल्याण्ड, दराज अनलाइन, अनलाइन केक, नयाँ डटकम, भोजविल, स्वादिष्ट फुड, भ्यालि कम्प्लेक्स, डल्ले रेष्टुरेन्ट, स्वादिष्ट होम डेलिभरी, सोचेको डटकम, राशन मार्ट केकमाण्डु, केकमाण्डु लगायतका कर्मचारी पक्राउ परेका छन्।

होम डेलिभरी सेवा दिइरहेका राजधानिका २५ वटा कम्पनीका ८० जना पक्राउ परेका हुन्। उनीहरुको साथबाट एउटा गाडी र ५९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार