• मंगलबार, साउन १२ २०८३

राजुबाबु श्रेष्ठको नयाँ गीत, ‘माफ गर निर्मला’ (भिडियाे सहित)


शुक्रबार, भाद्र १२ २०७७
1.2K
Shares

कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि हत्यारा पत्ता नलाउन नसकेपछि गीतकार राजुबाबु श्रेष्ठले नयाँ गीत बजारमा ल्याएका छन।

सोमबार उनले ‘माफ गर निर्मला’ बोलको गीत सार्वजनिक गरेका छन।

गीतमा श्रेष्ठको शब्द रहेको छ भने हरि लम्सालले स्वर र संगित दिएका छन।

१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको दुइ वर्ष वितिसकेको छ।

२०७५ साउन ११ गते भीमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित उखुबारीमा निर्मलाको शव फेला परेको थियो।

उनको बलात्कारपछि हत्या गर्ने को हुन् भन्ने अहिलेसम्म खुलेको छैन। राष्ट्रिय स्तरमा लामो समयसम्म चर्चामा रहेको निर्मला हत्या-बलात्कार प्रकरणको अनुसन्धान अझै सकिएको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार