• बिहिबार, असोज १५ २०८३

शुक्रबार बिहानै थप दुई संक्रमितको मृत्यु


शुक्रबार, भाद्र १२ २०७७
860
Shares

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार बिहानै दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार झापाका ८३ वर्षीय पुरुष र मोरङकी ५६ वर्षीया महिलाको मृत्यु भएको हो। बिहान सवा ३ बजेतिर महिलाको तथा पौने ४ बजेतिर पुरुषको मृत्यु भएको उनले जानकारी दिए। 

उनका अनुसार दुवै संक्रमितमा खोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी निकै समस्या थियो।

योसँगै प्रदेश १ मा कोभिडका कारण मृत्यु भएकाको संख्या २७ पुगेको छ। तीमध्ये प्रदेश १ का २० जना र प्रदेश २ बाट उपचारका लागि आएका ७ जना छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार