गोरखा । केहि दिनअघि उपचारका लागि गोरखाबाट चितवनको भरतपुर अस्पताल पुगेकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गोरखा नगरपालिका १० छेवेटारकी २९ बर्षिय महिलामा संक्रमण पुष्टि भएको हो ।
गर्भवती रहेकी महिला थप उपचारका लागि गत भदौ ८ गते गोरखाबाट चितवनको भरतपुर अस्पताल पुगेकी थिइन ।
अस्पतालले अप्रेसन गर्नुपर्ने बताएपछि उनको कोरोना परिक्षण गराउदा रिपोर्ट पोजेटिभ आएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले सिभिलखबरलाई बताए ।
उनको हालसम्म अप्रेसन समेत हुन नसकेको बताइएको छ ।
गोरखा नगरपालिका १३ देउराली बाटै उपचारका लागि गएका दुई जनामा हिजो मात्रै चितवनमा कोरोना देखिएको थियो ।