• मंगलबार, साउन १२ २०८३

बलात्कार आरोपित पालुङटार ४ का वडाध्यक्ष कारागार चलान


बिहिबार, भाद्र ११ २०७७
2K
Shares

गोरखा । बलात्कार आरोप लागेका पालुङटार नगरपालिका ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट पुर्पक्षका लागि कारागार चलान भएका छन ।

बिहिबार गोरखा जिल्ला अदालतमा भएको थुनछेक बहसका क्रममा उनलाई पुर्पक्षका लागि थुनामा राख्न कारागार पठाउने आदेश भएको अदालतका श्रेस्तेदार विनोद अधिकारीले सिभिलखबरलाई बताए ।

गाउँकै १५ बर्षकी बालिकालाई बारम्बार जबरजस्ती गरेको आरोप लागेका वडाध्यक्ष रानाभाटलाई साउन १६ गते जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको विशेष टोलीले पालुङटारबाटै पक्राउ गरेको थियो । जबरजस्ती गरेको भन्दै बालिकाका बाबुले प्रहरीमा जाहेरी दिएका थिए ।

रानाभाटलाई उनी आवद्ध दल जनता समाजवाी पार्टीले साधारण सदस्यता समेत नरहने गरी पक्राउ परेकै दिन निलम्बन गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार