• मंगलबार, साउन १२ २०८३

कोरोना मुक्त हुनेको संख्या २० हजार नाघ्यो


बिहिबार, भाद्र ११ २०७७
710
Shares

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजार नाघेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ५ सय ६९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २० हजार ७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर विधिबाट ६ लाख ४७ हजार ८ सय ८१ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १२ हजार ६ सय २९ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ४ सय ८८ जना रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार