• शुक्रबार, भाद्र ५ २०८३

६ जना चिकित्सकलाई संक्रमण, अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द


बिहिबार, भाद्र ११ २०७७
775
Shares


अस्पतालमा कार्यरत ७ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भए पछि कर्णाली प्रदेश अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । तीमध्ये ६ जना विशेषज्ञ डाक्टर छन्।

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि अस्पतालले आकस्मिक बाहेकका सबै सेवा एक साताका लागि बन्द गरेको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए।

केही दिनअघि संकलन गरिएको स्वाब परीक्षण गर्दा प्रदेश अस्पतालका २ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि बुधबार अस्पतालमा कार्यरत ३५ जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परीक्षण गरिएको थियो।

त्यसक्रममा ५ जना चिकित्सकलाई कोरोना पुष्टि भएको डा. पौडेलले बताए।

उनका अनुसार अस्पतालका सबै विभागका १/१ जनालाई कोरोना संक्रमण भएको हुँदा एक साताका लागि सेवा बन्द गर्नुपरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार