• आइतबार, साउन १० २०८३

संक्रमणको दर बढ्यो, आज मात्रै थपिए ११ सय ११ जना संक्रमित


बिहिबार, भाद्र ११ २०७७
660
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्वर गौतमले देशभरमा थप १ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

यो एकैदिन संक्रमित हुनेमध्येको अहिलेसम्मकै उच्च हो।

प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ रहेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ९९ जनाको पीसीआर परीक्षण गरिएको उनले जानकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ सय ६९ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजार ७३ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार