• मंगलबार, साउन १२ २०८३

टी—२० क्रिकेटमा ५ सय विकेट लिने ब्राभो बने एक्लो र पहिलो बलर


बिहिबार, भाद्र ११ २०७७
715
Shares

टी २० क्रिकेटमा पाँच सय विकेट लिने वेस्ट इन्डिजका अलराउन्डर ड्वेन ब्राभो पहिलो बलर बनेको छ ।

बुधबार राति भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल)को १३औं खेलमा ट्रिन्बागो नाइटराइडर्सका ब्राभोले सेन्ट लुसिया जुक्सविरुद्धको खेलमा ओपनर रखिम कार्नवाललाई आउट गर्दै ५ सय विकेट पूरा गरेका हुन्।

ब्राभोले यो उपलब्धि ४ सय ५९ खेलमा पाएका हुन्। यो सँगै उनी टी २० क्रिकेटमा ५ सय विकेट लिने पहिलो र एक्ला बलर बनेका छन्। ब्राभोपछि टी २० मा ३ सय ९० विकेट लिने श्रीलंकाका लासिथ मालिंगा दोस्रो खेलाडी हुन्।

ब्राभोले आफ्नो करिअरमा सबैभन्दा धेरै पोलार्डलाई आउट गरेका छन्। उनले केइरन पोलार्डलाइ ९ पटक आउट गरिससकेका छन्। ब्राभोले ५ सय विकेट पूरा गरेकै दिन सीपीएलमा १ सय विकेट पनि लिएका हुन्। सीपीएलमा १ सय विकेट उनी एक्लो खेलाडी हुन्।

ब्राभोले आफ्नो टी २० करिअरमा २१ वटा अलग अलग टिमबाट खेलेका छन्। यो समयमा उनले ४ सयभन्दा बढी खेलाडीसँग टी २० खेलिसकेका छन् भन् ३ सय १२ खेलाडीलाई आउट गरिसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार