• बिहिबार, साउन १४ २०८३

अब नेपालमा पनि विद्यालय स्तरबाटै फिल्म पढ्न पाइने


बिहिबार, भाद्र ११ २०७७
910
Shares

काठमाडौं । अब विद्यालयस्तरबाटै फिल्मबारे पढ्न पाइने भएको छ । चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकारले आगामी बर्षबाट सो व्यवस्था गर्न लागेको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नयाँ वर्षबाट पाठ्यपुस्तकमै फिल्म समेटिन लागेको बताए ।

त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम निर्माण समितिको पदेन सदस्य समेत रहेका दाहालले नेपालका फिल्म कलेजका पाठ्यपुस्तक समेत अन्तराष्ट्रिय स्तरको बनाउन छलफल पनि भएको जानकारी दिए ।

भविष्यमा गएर फिल्मप्रति रुची हुने विद्यार्थीलाई पहिलेदेखि नै लगाव राख्ने र तयारी गराउने उद्देश्यले पुस्तकमा फिल्मका विषय समेट्न  केन्द्र तयार भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार