• आइतबार, साउन १० २०८३

गण्डकी प्रदेशमा दुई हजार नाघ्यो संक्रमितको संख्या


बिहिबार, भाद्र ११ २०७७
1.2K
Shares

Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient

आज थापिएको संक्रमितसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ।

बिहीबार बिहान र दिउँसो गरेर थप ५३ जनामा कोरोना पुष्टि भएसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या दुई हजार पाँच पुगेको हो।

बिहीबार दिउँसो क्षयरोग उपचार केन्द्र, पोखरा र गण्डकी प्रदेश भन्दा बाहिरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा थप २७ जनामा कोरोना पुष्टि भएको हो। यसअघि बिहान २५ र मध्यान्ह १ जनामा कोरोना पुष्टि भएको थियो।

पछिल्लोपटक थपिएका २७ संक्रमित सबै नवलपरासी (सुस्तापूर्व)का हुन्।

संक्रमित भएका सबै व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार