कोरोना संक्रमणको जोखिम सुरक्षाकर्मीमा बढ्न थालेको छ । महानगरीय प्रहरी वृत्त, महाराजगन्जमा कार्यरत २२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार आएको रिपोर्टअनुसार महाराजगन्जका डिएसपीसहित २२ जनामा कोरोना संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
अहिले सबै संक्रमित प्रहरीहरूलाई आइसोलेसनमा राखिएको राठौरले बताए।
महारागन्ज वृत्तमा मनमैजुमा भएको हत्याको आरोपमा पक्राउ परेका एक व्यक्तिबाट संक्रमण फेलिएको थियो।