• मंगलबार, साउन १२ २०८३

कोरोना विरुद्धको खोपबारे नेपालमा सुरु भयो छलफल


बिहिबार, भाद्र ११ २०७७
700
Shares

काठमाडौँ । सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण (क्लिनिकल ट्रायल) गर्न सम्भाव्यता छलफल शुरु गरेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोभिड १९ विरुद्ध उत्पादन गरेका औाषधि र खोपको प्रयोगबारे अनुसन्धानलाई अगाडि बढाएको हो ।

आफ्नो र अन्य देशमा प्रयोग गरिरहेका औषधि र खोप नेपालमा तेस्रो चरणको परीक्षण ९क्लिनिकल ट्रायल० को लागि आउन ती देशले खोजेका छन् ।

परिषद्ले ती औषधि र खोपका लागि अनुसन्धान गरेर मात्र नेपालमा तेस्रो चरणको लागि क्लिनिकल ट्रायल अनुमति दिने भएको छ । अहिलेसम्म कुनै खोपको प्रयोग नेपालमा गरिएको छैन ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार