• मंगलबार, साउन १२ २०८३

भाडा घटाउने तयारीमा हवाई कम्पनीहरु


बिहिबार, भाद्र ११ २०७७
770
Shares

काठमाण्डौ । नेपाली हवाई कम्पनीहरुले भाडादर घटाउने तयारी गरेका छन । भदौ १७ देखि नियमित उडान हुने भएपछि भाडादरमा केही हेरफेर हुन लागेको हो । एकतर्फी मात्रै यात्रु हुने भएकाले चार्टर्ड उडानको तुलनामा धेरै नघटे पनि केही हेरफेर हुनसक्ने कम्पनीहरुले जनाएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १७ देखि नियमित दुई र एक चार्टर्ड उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ।

अहिले पनि एयरलाइन्सले धेरै भाडा नलिएको भन्दै आफ्नो खर्चअनुसार भाडा तय हुने बताइएको छ । दुईतर्फी यात्रु आवागमन हुनथाले स्वतः भाडा घट्नेछ ।

सरकारले उद्धार उडानको लागि गन्तव्यअनुसार अधिकतम भाडादर तोकेको छ। नियमित उडानमा भने एयरलाइन्सको प्रतिस्पर्धाले केही भाडादर घट्ने भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार