काठमाडौं । पछिल्लो केही घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललितपुर, पर्सा, बारा, कपिलवस्तु, रुपन्देही र कास्कीका १–१ जना रहेका छन् ।
यी मध्ये चार महिला र दुई पुरुष रहेका छन् भने उमेर २३ वर्ष देखि लिएर ७० वर्ष सम्मका रहेका छन् ।