वासिङ्टन — हाल विश्वकै सबै भन्दा चर्चामा रहेका एप टिकटकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) केभिन मेयरले बिहीबार राजीनामा दिएका छन् । सीईओ नियुक्त भएको तीन महिनामै मेयरले राजीनामा दिएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलगायत चिनियाँ एपले राष्ट्रिय सुरक्षामा चुनौती थपेको बताउँदै ती एपलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि मेयरले राजीनामा दिएका हुुन् ।
मेयरले बिहीबार टिकटकको सञ्चालक बाइटडान्सका कर्मचारीलाई आफूले बिहीबारदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी गराएका थिए ।
महाप्रबन्धक भानेसा पापासले अन्तरिमकालका लागि सीईओको जिम्मेवारी लिने फाइनान्ससियल टाइम्सले उल्लेख गरेको छ ।
डिज्नीका पूर्वप्रमुख समेत रहेका मेयरले गत जुनमा टिकटकको जिम्मेवारी सम्हालेका थिए ।