Concept to represent the 2020 virus threat Coronavirus, blood in a test tube.
आज बिहिबार गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
थपिएका संक्रमितहरुमा बागलुङका ८, पर्वतका १, लमजुङका ४, तनहुँका ९, नवलपरासी (सुस्तापूर्व)का ३ गरी २५ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए। यी मध्ये महिला पाँच जना र पुरुष बिस जना रहेका छन् ।
संक्रमितहरुमध्ये बागलुङका १ जना नेपाल प्रहरी, लमजुङका २ जना नेपाली सेना र १ जना नगरपालिकामा कार्यरत कर्मचारी रहेको डा. शर्माले जानकारी दिए।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ७७ पुगेको छ भने निको हुनेको संख्या १ हजार ६ सय ६५ रहेको छ।