कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लाग्यो भन्दै जापानका अनुसन्धानकर्ताले दाबी गरेका छन् ।
ओजोन ग्यासको मद्दतबाट भाइरस नष्ट गर्न सकिने उपाय पत्ता लागेको उनीहरूको दाबी छ। यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार जापानको फुजिता हेल्थ युनिभर्सिटीले अनुसन्धानकर्ताले कम घनत्व (०.०५ देखि ०.१ पीपीएम) को ओजोन ग्यासबाट कोरोना नष्ट गर्न सक्ने कुरा प्रमाणित गरेको दाबी गरेको हो।
मानिसलाई हानि नपार्ने मात्राको ओजोन ग्यासबाट नै भाइरस नष्ट गर्न सकिने कुरा पत्ता लागेको वैज्ञानिकको दाबी छ। बीबीसी