• मंगलबार, साउन १२ २०८३

पोखरामा ३२ वर्षीया संक्रमित महिलाको मृत्यु


बिहिबार, भाद्र ११ २०७७
750
Shares

पोखरा । आज फेरि पोखरामा कोरोना संक्रामणबाट थप एक महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका— १२ की ३२ वर्षीया कोरोना संक्रमित आईसीयूमा उपचाररत महिलाको बिहीबार विहान ८ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

उनलाई पोखराको कास्की सेवा हस्पिटलबाट ७ गते प्रतिष्ठानमा ल्याइएको थियो । महिलालाई बुधबारदेखि स्वास्थ्य समस्या बढ्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो ।

उनमा अरु स्वास्थ्य समस्या नभएकले कोरोनाकै कारणले मृत्यु भएको आचार्यले बताए ।

पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । योसँगैगण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ९ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार