• शनिबार, साउन ९ २०८३

टोलटोलमा कोरोना जाँच गराउदै गोरखा नगर, एकै दिन झण्डै २ सय जनाको स्वाव संकलन


बिहिबार, भाद्र ११ २०७७
915
Shares

गोरखा । समुदायस्तरमा समेत कोरोना संक्रमण देखिन थालेपछि गोरखा नगरपालिकाले परिक्षणको दायरा फराकिलो बनाएको छ ।

केहि समय अघिसम्म भारत तथा तेस्रो मुलुकबाट आएका र मास क्वारेनटाइनमा बसेकाहरुको मात्रै कोरोना परिक्षण गर्ने गरेको गोरखा नगरपालिकाले अहिले टोल टोलमा कोरोनाको जाँचलाई तिब्रता दिएको हो ।

समुदायस्तरमा कोरोना देखिएसंगै उच्च जोखिमको आँकलन गरेको नगरपालिकाले नाका प्रवेशका साथै जारी निषेधाज्ञा कार्यान्वयनमा समेत कडाईका साथ लागु गरेको छ ।

‘पछिल्लो समय क्वारेनटाइनमा बस्नेको मात्रै होइन, घरमै बसेर जनसम्पर्क बढी रहेकाहरुको समेत कोरोना जाँच गर्ने नीति हामीले लिएका छौ’ नगरप्रमुख राजनराज पन्तले सिभिलखबरलाई भने ‘अहिले हाम्रै कार्यालयको स्वास्थ्य शाखाका कर्मचारीहरु टोल टोलमा पुगेर नमुना लिइरहनु भएको छ, यसलाई हामी निरन्तरता दिन्छौ ।’

पछिल्लो समय गोरखा नगरपालिकाले क्वारेनटाइनमा बसेका, शंकास्पद, कन्टक्ट ट्रसिङमा परेका बाहेक पनि बढी भिडभाड हुने र जनसम्पर्क बढी भएका ब्यक्तिहरुको पहिचान गर्दै स्वाव संकलन गरिरहेको जनाएको छ ।

एकै दिन झण्डै २ सय जनाको नमुना संकलन

गोरखा नगरपालिकाले एकै दिन समुदायस्तरका झण्डै २ सय ब्यक्तिहरुको कोरोना परिक्षणका लागि नमुना संकलन गरेको छ ।

बुधबार नगरका बिभिन्न वडामा गरेर १ सय ९१ जनाको स्वाव संकलन भएको कार्यालयका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले सिभिलखबरलाई बताए ।

गोरखा नगरपालिका वडा नम्बर १३ घर भई उपचारका लागि चितवन पुगेका २ जनामा कोरोना देखिसंगै उनिहरुको सम्पर्कमा रहेका सोही वडाका १ सय १३ जनाको कन्टक्ट ट्रसिङ गरि स्वावको नमुना लिइएको अर्यालले बताए ।

त्यस्तै स्क्रिनिङका क्रममा बुधबार नै गोरखा नगरपालिका १० को छेवेटारका ७८ जनाको समेत नमुना लिइएको छ ।

गोरखा नगरपालिकाले केहिदिनमा भिडभाड हुने बजार क्षेत्र लगायत बिभिन्न वडाका बस्तीहरुमा स्क्रिनिङ गर्दै कोरोना परिक्षण गर्ने तयारी गरेको बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार