आज सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।
बुधबार सुन प्रतितोला चार सयको दरले घटेर छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला र ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
मङ्गलबार छापालावा सुनको मूल्य प्रतितोला ९७ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ थियो।
यस्तै चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेर तोलाको एक हजार ३ सय १० रुपैयाँ पुगेको छ।