कोरोना संक्रमण त्राससँगैको निषेधाज्ञाले अदालतका मुद्दा सुनुवाई स्थगित गरिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा बढाएसँगै सर्वोच्चलगायत अदालतका बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा सुनुवाई स्थगित भएको हो ।
सार्वजनिक सवारी साधन नचलुन्जेलका लागि अदालतको काम सीमित भएको हो । उपत्यकाभित्रै र बाहिरबाट समेत मानिसहरु आवत जावत गर्न कठिन भए पछि मुद्दाका दुवै पक्षले सुनुवाई गरिदिन आग्रह गरे सुनुवाई गर्ने गरिएको थियो ।
आज सर्वोच्च अदालतमा दीपककुमार कार्कीको एकल, हरीकृष्ण कार्की र अनिलकुमार सिन्हाको संयुक्त एवं इश्वर खतिवडा र सपना प्रधान मल्लको संयुक्त दैनिक पेशी तोकिएको थियो । तर, संक्रमणको जोखिम उच्च देखिए पछि अदालतका मुद्दा सुनुवाई स्थगित गरिएको हो ।