चितवन । कोरोना संक्रमित भएर जटिल अवस्थामा रहेको बिरामीको प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी गरिएको छ ।
त्यसका लागि अस्पताल तथा क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले तयारी गरिसकेका छन् ।
भरतपुर अस्पतालका कोभिड उपचार संयोजक डा. प्रमोद पौडेलले अस्पतालले आईसीयूमा रहेका संक्रमित बिरामीको उपचारमा प्लाज्मा थेरापी विधि अवलम्वन गर्ने तयारी गरेको बताए ।
भरतपुर अस्पतालको आईसीयूमा अहिले ७ जना संक्रमित राखिएका छन् । तीमध्ये एक जनाको अवस्था जटिल तर सुधारउन्मुख छ ।
भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले संक्रमण निको भएर १४ दिन कटेका बिरामीको रगतबाट प्लाज्मा निकालेर उपचार गरिने बताए ।