• शनिबार, भाद्र २० २०८३

विश्वभर २ करोड ४० लाख संक्रमित, ८ लाख २३ हजारको मृत्यु


बुधबार, भाद्र १० २०७७
785
Shares

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार बुधबारसम्म कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

हालसम्म १ करोड ६६ लाख व्यक्तिहरु भने उपचारपछि स्वस्थ बनेका छन्।

पछिल्लो चौबीस घण्टामा २ लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, भारत, रसिया लगायत रहेका छन्। एएफपी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार