काठमाडौं । झण्डै दुई दशक स्पानिस जायन्ट बार्सिलोनामा बिताएका मेसीले आफूले क्लब छाड्न चाहेको बताएका छन् ।
कप्तानसमेत रहेका मेसीले मंगलबार क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ समक्ष आफूले क्लब छाड्न चाहेको जानकारी गराएका हुन् ।
उनले यसबारे आफ्नो धारणा क्लबलाई फ्याक्समार्फत पठाएको स्पानिस अनलाइन मार्काले जनाएको छ । मेसीले आफ्नो सम्झौताबाट रिलिज गरिदिन आग्रह गरेका छन् । मेसीको रिलिज क्लब ७०० मिलियन युरो रहेको छ ।
मेसीले नयाँ प्रशिक्षक कोएमनसँगको व्यक्तिगत मिटिङमा पनि आफू क्लब भित्रको भन्दा क्लब बाहिरको धेरै भएको जस्तो लागेको बताएका थिए । साथै उनले क्लबमा अर्को सिजन रहनेमा पनि संशय व्यक्त गरेका थिए ।
मेसीले क्लब छाड्ने चाहने धारणा सार्वजनिक गरेपछि क्लबको आपतकालीन बैठक बोलाइएको स्पानिस रेडियो आरएसी वानले जनाएको छ । आरएसी वानका अनुसार मेसीले आफ्नो सम्झौता रद्द गर्न क्लबसँग आग्रह गरेका छन् ।