Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient
पोखरा । लमजुङमा २० सैनिकसहित २३ जना संक्रमित थपिएको छ ।
लमजुङमा २३ जना थपिएकामा २० पुरुष नेपाली सेनामा कार्यरत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
लमजुङका सङ्क्रमित अर्का एक पुरुष बेँसीशहरमा एक बैंकमा कार्यरत व्यक्ति हुन् । नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोट र कावासोतीमा गरी सात जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बुधबार बिहान प्रदेशका कास्की, लमजुङ र नवलपरासीमा गरी दुई महिला र ३० पुरुष गरी ३२ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
कास्कीमा दुई सङ्क्रमितमध्ये एक जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अर्का विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति छन् ।
हालसम्म प्रदेशमा सङ्क्रमित एक हजार ९ सय ३६ पुगेका छन् भने एक हजार ६ सय ४३ जना निको भएर घर फर्किए भने कोरोनाबाट आठ जनाले ज्यान गुमाएका छन् ।रासस