• आइतबार, साउन १० २०८३

गोरखाबाट उपचारका लागी चितवन गएका दुई जनामा संक्रमण


बुधबार, भाद्र १० २०७७
665
Shares

गोरखा । स्वस्थ्यमा समस्या आए पछि उपचारका लागी गोरखाबाट चितवन गएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखा नगरपालिका वडा नम्बर १३ रामशाह टोलका ४० वर्षिय र दराईगाउँका ४२ वर्षिय पुरुषलाई संक्रमण देखिएको गोरखा नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख र्ईश्वर रेग्मीले सिभिलखबरलाई बताए ।

होटल ब्यवशायी ४० वर्षिय पुरुष पाँच दिन अघि बिरामी भएपछि उपचार गराउन चितवन गएका र गाडी चालक ४२ वर्षिय पुरुष श्वास प्रश्वासमा समस्या आए पछि साउन ३१ गते भरतपुरको सिएमसि अस्पतालमा उपचार गराएर आएको हो भने स्वस्थ्यमा फेरी समस्या देखिए पछि भदौ ३ गते उपचारका लागी अस्पताल भर्ना भएको रेग्मीले बताए ।

चितवनमा उपचारको क्रममा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको नजिकको सम्पर्कमा रहेकाको कन्ट्याक्ट ट्रेसिङको तयारी भईरहेको गोरखा नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख रेग्मीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार