• मंगलबार, साउन १२ २०८३

राजु परियार र पुजा क्षेत्रीको ‘के मा चित्त दुख्यो मयालै’ बजारमा – (भिडियो सहित)


मंगलबार, भाद्र ९ २०७७
2K
Shares

चर्चित गायक राजु परियार र गायिका पुजा क्षेत्रीको स्वरमा रहेकाे ‘के मा चित्त दुख्यो मयालै’ बाेलकाे गीत बजारमा आएकाे छ ।

गत बर्षको सुपरहिट गीत तिम्रो मायाको अत्याधिक सफलता पछि चर्चित गायिका पुजा क्षेत्रीले यस बर्ष लोकदोहोरी कोसेली “के मा चित्त दुख्यो मयालै” लिएर आएकी छिन् ।

चर्चित सर्जक शिब हमालको लय तथा शब्द, मौसम हिमालीको निर्देशनमा लोकदोहोरी गायक तथा मोडल रामजी खाँड र अञ्जली अधिकारीको धमकेदार नृत्य प्रस्तुती रहेको उक्त म्यूजिक भिडियोमा अजय रेग्मीले छाँयाकन तथा प्रबिन भट्टको सम्पादन रहेको छ ।

सदाबहार लोकदोहोरी गायक राजु परियार र गायिका पुजा क्षेत्रीको आवाजमा रहेको दोहोरी गीत “के मा चित्त दुख्यो मयालै” एक्सिस् इन्टरटेन्मेन्ट युटूव च्यानलबाट भर्खरै मात्रै बजारमा सार्वजनिक भएको हो ।

हेर्नुस भिडियो

https://www.youtube.com/watch?v=qA2S_soCzgQ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार