• मंगलबार, साउन १२ २०८३

आज देशभर कोरोनाबाट थप ७ को मृत्यु


मंगलबार, भाद्र ९ २०७७
865
Shares

बितेको २४ घण्टामा देशभर कोरोना भाइरसबाट थप ७ जनाको मृत्यु भएको छ ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

मृतकमा काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीका १–१ जना गरी ७ जना रहेका छन् । योसँगै देशभर मृतकको कुल संख्या १ सय ६४ पुगेको छ ।

बितेको २४ घण्टामा देशभर ८ सय ५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। प्रवक्ता डा. गौतमले थप ८ सय ५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको जानकारी दिए ।

उनका अनुसार बितेको २४ घण्टामा ३ सय १३ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार १ सय १९ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार